भरतपुर महानगरको मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन्।

उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराइन्। दाहाल दोस्रो कार्यकालका लागि भरतपुरको मेयर निर्वाचित भएकी हुन्।

दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५८१ मत ल्याए। दाहाल र सुवेदीबीचको मतान्तर १२ हजार ४४९ छ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए।

उमपेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए। अधिकारीले ५२ हजार ८०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६१२ मत ल्याइन्।

भरतपुरमा सत्तारूढ गठबन्धनले चुनावी तालमेल गरेको थियो। एमालेले राप्रपासँग तालमेल गरेको थियो।  मतगणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ। -नेपाललाइभबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार