कैलारी गाउँपालिकाको पहिलो निर्णयः मालपोत करमा ५० प्रतिशत छुट, निःशुल्क एम्बुलेन्स सेवा

कैलारी गाउँपालिकाको पहिलो निर्णयः मालपोत करमा ५० प्रतिशत छुट, निःशुल्क एम्बुलेन्स सेवा

धनगढी : कैलालीको कैलारी गाँउपालिकाले मालपोत करमा ५० प्रतिशत छुट र नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ।

बुधबार गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बमले बताए।

बैठकले नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नुन र ३ पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा बिरामी भएर बाहिर लैजानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। यस्तै विद्युत काउन्टर पनि हसुलियामा खोल्न पहल गर्ने निर्णय पनि भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार