छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भिरबाट लडेर एकजनाको मृत्यु भएको हो भने एकजना मृत फेला परेका हुन्।

भिरबाट लडेर पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको मृत्यु भएको हो। बिहीबार साँझ सात बजेतिर खिपाली नजिकै रहेको बान्नरो भीर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए।मृतक अवस्थी छारेरोगी रहेको बुझिएको छ।

अवस्थीका श्रीमती, दुई छोरी र एक छोरा छन् । यस्तै सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामी स्थानीय गाजरी बजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए ।घटनास्थलको मुचुल्का बनाएर मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार