बैतडीको दशरथ चन्दमा सरोकारवाला बिच एक दिने बैठक सम्पन्न

बैतडीको दशरथ चन्दमा सरोकारवाला बिच एक दिने बैठक सम्पन्न

बैतडी : युनिसेफको सहयोगमा बास नेपालद्वारा सञ्चालित रूपान्तरण कक्षामा सहभागी जोखिममा रहेको तथा विपन्न बालबालिका र सरोकारवाला व्यक्तिहरू बिचको १ दिने बैठक दशरथ चन्द नगरपालिका बैतडीमा सम्पन्न भएको छ ।

दशरथ चन्द नगरपालिकाकि वडा न १,५, र ६ मा सञ्चालित रूपान्तरण कक्षामा सहभागी बालबालिकाहरू मध्ये जोखिम रहेको बालबालिकाहरूलाई सरकारी सेवा प्रवाहसँग जोड्ने र आर्थिक सशक्तीकरणमा लैजाने उद्देश्यले उक्त बैठक आयोजना गरिएको हो । बैठकमा बालबालिकाहरूले आफूहरूलाई शैक्षिक सामाग्री तथा विद्यालय पोषाखको समस्या रहेको कुरा बताएका थिए ।

बालबालिकाबाट उठेका सवालहरूको जवाफ दिनु हुँदै सामाजिक विकास शाखा प्रमुख विनोद चन्दले पालिकाभित्र जोखिममा रहेका सम्पुर्ण बालबालिकाको तथ्याङ्क यथाशक्य सङ्कलन गरी सोही बमोजिम योजना बनाई बालबालिकाको संरक्षणमा कार्य गर्ने, तत्कालीन सहयोगको आवश्यकता भएका बालबालिकालाई नगरपालिका तथा सङ्घसंस्थाको सहकार्यमा राहतको प्रदान गर्ने, बालबालिकाको जन्मसिद्ध अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता गर्नु भयो ।

त्यस्तै सामाजिक विकास शाखा प्रमुख लीला कुँवरले जोखिममा रहेका बालबालिकालाई पहिचान गरी सामाजिक सेवा प्रवाहमा जोड्ने बताउनु भयो । त्यस्तै स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वर्षा योगीले बालबालिका स्वास्थ्य भए मात्र अन्य संरक्षण र विकासको कुराहरू आउने भएकाले बालबालिकाको स्वास्थ्यलाई समेत ध्यान दिई बजेट विनियोजन गर्ने बताउनु भयो ।

नगर प्रमुख पुष्कर राज जोशीले अध्यक्षता गर्नु भएको बैठकको सहजीकरण बासका कार्यक्रम अधिकृत रवीन्द्र बोहराले गरेका थिए । युनिसेफ नेपालको सहयोगमा सञ्चालित बाल संरक्षण कार्यक्रम सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सञ्चालित छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार