धनगढीको वड नम्बर २ द्वारा अपाङ्गता भएका व्यक्तिलाई पंखा वितरण

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले अपाङ्गता भएका व्यक्तिहरुलाई पंखा वितरण गरेको छ । धनगढीमा विगत केही दिनदेखि अत्यधिक गर्मी हुन थालेपछि ‘क’ वर्ग र ‘ख’ वर्गका गरी ४५ जना अपाङ्गता भएका व्यक्तिलाई गर्मीबाट राहत दिन वडा कार्यालयले टेबुल पंखा वितरण गरेको हो ।

अत्याधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई झनै सकस रहेको बताउँदै वडा नम्बर २ का वडाध्यक्ष धर्म राज ओझाले भने,‘पूर्ण असक्त रहेका तथा हिँडडुल गर्नै नसक्ने र अरुको सहारामा दैनिक जीवन यापन गरिरहेका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति सुतिरहँदा शरिर पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ, त्यस्तो अवस्था नहोस् र उनीहरुलाई गर्मीबाट राहत मिलोस् भनेर पंखा वितरण गरेका हौँ ।’

यसैगरि वडा कार्यालयले वडामा रहेका १० जना महिला स्वयम्सेविकालाई साइकल वितरण गरेको छ । गाउँघरमा गएर स्वास्थ्य चेतना फैलाउने स्वयम्सेविकालाई साइकल वितरण गरिएको पनि वडाध्यक्ष ओझाले बताए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल प्रमुख अतिथि रहेको कार्यक्रममा उपमेयर कन्दकला राना विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा मेयर, उपमेयर र वडाध्यक्षले पंखा तथा साइकल हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार