हेर्नुहोस्, सुदूरपश्चिम प्रदेश सरकारले आव २०७९/८०का लागी प्रस्तुत गरेको बजेट (पूर्ण पाठ)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको जानकारी दिए ।

कृषि विकास र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको प्रस्तुत बजेटमा सडक पूर्वाधार ५ अर्ब ६० करोड विनियोजन गरिएको छ ।

यस्तै प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरी बनाइएको प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री रावलले जानकारी दिए ।

बजेट भाषण २०७९-80

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार