‘योङ ब्वाईज’ बन्यो ‘सिसिएस प्लस्टु’ द्वारा आयोजित खुला फुटसल प्रतियोगिताको विजेता

सिसिएस प्लस्टु द्वारा आयोजित खुला फुटसल प्रतियोगिताको विजेता बन्यो योङ ब्वाईज

धनगढी : सुदूरपश्चिम प्रदेशको शैक्षिक नगरी धनगढी स्थित ‘सिसिएस प्लस्टु’ को आयोजनामा सम्पन्न भएको खुला फुटसल प्रतियोगिताको उपाधि विजेता योङ ब्वाईज भएको छ । धनगढीकै फ्ल्याटल्याण्ड फुटसलमा भएको खुला फुटसल प्रतियोगितामा धनगढीकै योङ ब्वाईज टिम प्रथम भएको हो ।

पढाइ सँगै खेलकुदलाई पनि सँगसँगै लैजान र खेलकुदको माध्यम बाट बिद्यार्थीहरुमा सिकाई को पद्धति विकास गर्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाका एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरुको मात्रै सहभागिता रहेको उक्त दुई दिने प्रतियोगिता शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ ।

यस्तै, विभिन्न शैक्षिक संस्थाका २३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा द्दितिय स्थान एरिष्टो इङ्ग्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५०० र द्दितिय हुनेलाई ५००० रुपैयाँ प्रदान गरिनुका साथै प्रथम र द्दितिय हुने विद्यार्थी खेलाडीलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था गरिएको स्कुलका प्रधानाध्यापक तीर्थराज फुलाराले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार