राजनीतिक रुपमा टीकापुर घटनाको समाधान गर्न माग गर्दै ज्ञापनपत्र

राजनीतिक रुपमा टीकापुर घटनाको समाधान गर्न माग गर्दै ज्ञापनपत्र

धनगढी : टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गर्दै गरेका हुन्।

उनले बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई प्रमुख थारुले ज्ञापनपत्र बुझाएको बताएका छन्।

२०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो। सो घट्नामा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो। घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरीसहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन्।

यसै गरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्री शमालाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार