कैलालीमा नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

कैलालीमा नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

धनगढी : धनगढीमा प्रशिक्षण गरी रहेका नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ । अत्यधिक गर्मीमा दौडेका कारण उनीहरुलाई हिट स्ट्रोक भएको हो । उनीहरुसुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत छन् ।

अत्यधिक गर्मीको बेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थीलाई हिट स्ट्रोक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुमा बेहोस हुने, ज्वरो आउने, रक्तचाप कम हुने जस्ता समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। बढी गर्मीमा दौडेका कारण यस्तो समस्या आएको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष इन्चार्ज भरत खातीले बताए ।

उनका अनुसार उपचारपछि सात जना डिस्चार्ज भइसकेका छन् । उनीहरुको अवस्था सामान्य रहेको  छ । तर, अलि बढी समस्या भएका दुई जनालाई भने आइसीयुमा राखेर उपचार भइरहेको खातीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार