राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम प्रदेशले जित्यो सात स्वर्ण

राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम प्रदेशले जित्यो सात स्वर्ण

धनगढी : काठमाण्डौंमा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण पदक जित्न सफल भएको छ ।

बिहीबार सम्म सञ्चालन हुने प्रतियोगिताको दुई दिनसम्म भएका खेलहरूबाट सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । हालसम्म सुदूरपश्चिम प्रदेश अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सुदूरपश्चिम प्रशिक्षण केन्द्रका निर्देशक मेघराज कठायतले दिएको जानकारी अनुसार सुदूरपश्चिमले कराँतेमा दुई स्वर्ण तीन रजत र एक कास्य पदक जितेको छ । कराँतेमा सुदूरपश्चिम प्रदेश दोस्रो भएको कराँते प्रशिक्षक प्रकाश चन्दले जानकारी दिए ।

यस्तै, उसुमा पनि दुई स्वर्ण एक रजत र एक कास्य पदक जितेको सुदूरपश्चिम प्रदेशले तेक्वान्दोमा एक स्वर्ण र एक कास्य पदक पाएको छ । महिला कबड्डीमा स्वर्ण जितेको प्रदेशले एथलेटिक्समा एक स्वर्ण एक रजत र तीन कास्य पदक हात पारेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार