भानु जयन्तीको अवसरमा स्कुलद्वारा भानुभक्तको सालिकमा रङ रोगन

भानु जयन्तीको अवसरमा स्कुलद्वारा भानुभक्तको सालिकमा रङ रोगन

धनगढी : भानु जयन्तीको अवसरमा माईलस्टोन इङ्गलिस बोर्डिङ स्कुलले धनगढी ०७ भानु चोकमा भानुभक्तको सालिकमा रङ रोगन कार्य गरेको छ । सालिकको स्थापना गर्ने व्यक्ति समाजसेवी दामोदर शाहु र माइलस्टोन स्कुलका प्रिन्सिपल भुवन मल्ल ले संयुक्त रूपमा सालिकमाथि माल्यार्पण गरेका हुन् ।

भानु चोकमा भानुभक्त र घाँसी बिचको संवाद र भानुभक्तले घाँसी बाट पाएको ज्ञानलाई लाई विद्यार्थीहरूले भानु चोकमा नाटक मार्फत प्रस्तुत गरेका थिए ।

त्यसै गरी गुरु पूर्णिमाको अवसरमा विद्यार्थीहरूले शिक्षकहरूलाई सम्मान कार्यक्रम आयोजना गरेका थिए भने विद्यालयले पनि सम्पूर्ण शिक्षक ( शिक्षिकाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्कुल कोअर्डिनेटर टेकराज ओझाले नेपाली भाषाको एकीकरणमा भानुभक्तले पुर्‍याएको योगदानको चर्चा गर्दै राष्ट्रका अमूल्य सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार