धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालन
धनगढी : आजबाट धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा आएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  उद्घाटन गरेका हुन् । समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका पहाडी जिल्लाहरू र तराईका केही दुर्गम ठाउँहरूमा ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरूको घरमै गएर उपचार गर्ने कार्यक्रम सञ्चालनमा रहेको र  अब प्रदेश सरकारले यसलाई विस्तार गर्ने योजना रहेको बताए । सबै स्थांनिय तहहरूले यस्ता किसिमका कार्यक्रम गरे पालिकाहरू सँग सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिए । सबै जिल्लाहरूमा एम्बुलेन्सको व्यवस्था विगतमा गरेको र अब जिल्लामा मात्रै नभएर स्थांनिय तहहरूमा पनि एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उनले स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उप महानगरपालिका का प्रमुख गोपाल हमालले धनगढीका सबै वडाहरूमा विशेषज्ञ सेवा सञ्चालन गर्न कम्तीमा २५ वर्ष सम्म लाग्ने भएकोले पालिकाले सो सेवाको सुरुवात गरेको बताए  । उनले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलाई आमा बचाउ अभियानको रूपमा पनि लिएको बताए। वडा स्वास्थ्य क्लिनिकमा ओपिडी,  अल्ट्रासाउन्ड , ई-सिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनको भनाई छ । पालिकाका सबै वडाहरूमा एम्बुलेन्सको व्यवस्थाको लागि पहल गरिरहेको र यसको लागि सुदूरपश्चिम प्रदेश सरकालाई सहयोग गर्न उनले आग्रह गरे ।
सोही कार्यक्रममा स्वागत मन्तव्य राख्दै धनगढी उप महानगरपालिकाकी  उप मेयर कन्दकला रानाले वडा स्वास्थ्य क्लिनिक कार्यक्रम पालिकाका १९ ओटै वडामा सञ्चालन गरिने बताइन् । औषधि खानु भन्दा पहिला चेकजाँचको आवश्यकता हुने तर गरिबिको रेखा मुनी रहेका जनताले चेकजाँच गर्न पैसा तिर्न नसक्ने भएकोले मलाई के रोग लागेको छ भनेर थाहा पाउन यस  कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने र रोग पत्ता लागे उपचार गर्न सकिने  उनले  जानकारी दिइन् । आफूलाई के रोग लागेको छ भनेर थाहा नपाउँदा ग्रामीण भू भागमा कयौँ जनताले  अकालमै मृत्यु वरण गर्नु परिरहेको घटना धेरै छन् उनले भनिन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेक बहादुर रैका (आउजी)ले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमले गरिव जनतालाई सेवा दिन सक्नुपर्ने धारण राखे । फरक प्रसगंमा उनले  धनगढीको छाडा पशु, चौपायाको समस्या समाधान धनगढी उप महानगरपालिका,प्रदेश सरकार कुनै पनि निकायले गर्न नसक्ने दाबी गरे । उनले थपे जब सम्म जनताले आफ्नो पशुको आफैले  संरक्षण गर्दैनन् तब सम्म समस्या समाधान हुँदैन । गाईको दूध मात्र नखाई,संरक्षण गरेर राख्न पनि उनले उप महानगरवासीलाई आग्रह गरे ।
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम आइतबार देखि धनगढीको फूलबारी स्वास्थ्य चौकी बाट सुरु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार