सीटीईभीटी डिप्लोमा तह तेस्रो सेमेष्टर र पाँचौ सेमेष्टरको परीक्षा फाराम खुला

सीटीईभीटी डिप्लोमा तह तेस्रो सेमेष्टर र पाँचौ सेमेष्टरको परीक्षा फाराम खुला

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित र आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा सोसियल वक्र्स कार्यक्रमको दोसो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित/आंशिक परीक्षाका लागि आवेदन खुला गरेको हो ।

परीक्षा नियन्त्रण कार्यलयले भदौ/असोज महिनामा परीक्षा सञ्चालन हुने भकोले साउन १९ गतेभित्र नियमित शुल्क र २६ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षण संस्थाहरुलाई अनिवार्य रुपमा विद्यार्थीहरुबाट परीक्षा आवेदन फाराम भराउन निर्देशन दिएको छ ।

सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराउने सूचनामा उल्लेख छ ।

साथै विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित)अन्तर्गत शैक्षिक सत्र २०७३/७४ (सन् २०१६) देखि भर्ना भई रजिस्ट्रेसन कायम भएका विभिन्न कार्यक्रमहरूका विद्यार्थीहरूले दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार