रवि लामिछानेले धनगढीमा, बिहान ५ बजे बेहडा बाबा मन्दिरमा गरे पुजा आराधना (भिडियो)

रवि लामिछानेले धनगढीमा, बेहडा बाबा मन्दिरमा बिहान ५ बजे गरे पुजा आराधना

धनगढी : सुदूरपश्चिम प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न शुक्रबार धनगढी पुगेका चर्चित पूर्वसंचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बिहान बेहडा बाबाको दर्शन गरेका छन् ।

शुक्रबार बिहान बिहान ५ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेहडा बाबाको मन्दिरमा धुपबत्ति गरेर धनगढी फर्किएका बेहडा बाबा मन्दिर समितिले जनाएको छ ।

आज धनगढीस्थित ओम पार्टी प्यालेसमा १२ बजेर ३० मिनेटमा सभापति लामिछानेले प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न नेता रवि लामिछानेसहित डिपी आर्याल, मुकुल ढकाल, दिपक बोहरा लगायत युवा नेताहरु धनगढी पुगि सकेका छन् ।

धनगढीको कार्यक्रमपछी महेन्द्रनगर जाने कार्यक्रम रहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार