सुदूरपश्चिमका ३८ सँगै थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

विद्यालय
धनगढी : आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानीय तहमा सो सङ्ख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।
मन्त्रालयद्वारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहनेछन् भने  प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।
यसै गरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार