प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव एकै चरणमा मंसिर ४ गते हुने, एमालेद्वारा स्वागत

मंसिर ४ गते घोषणा गरिएको चुनावको एमालेद्वारा स्वागत

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव एकैचरणमा मंसिर ४ गते हुने, एमालेद्वारा स्वागत

काठमाडौँ : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

  • मंसिर ४ गते घोषणा गरिएको चुनावको एमालेद्वारा स्वागत

सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई एमालेले स्वागत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै स्वागत गरेका हुन्।

नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताएका छन्।नव घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको उनको भनाइ छ।

यस्तै एमालेका सांसद शेरबहादुर तामाङले पनि सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मितिलाई एमालेले स्वागत गर्ने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा  र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार