जीवनमा आउने अनेकौँ समस्याको अन्तिम र एक मात्र समाधान निरन्तर सङ्घर्ष हो !

जीवनमा आउने अनेकौँ समस्याको अन्तिम र एक मात्र समाधान निरन्तर सङ्घर्ष हो !

✒️.राजेन्द्र भट्ट : मानिस हरु अहिले आफ्नो प्रेम सम्बन्ध मा आएको तनाव र समस्याको कारण आफ्नो जीवन को सपना र जीवनको यात्रा लाई पल भरमै मृत्यु वरण गरिदिन्छन। जीवनमा उत्पन्न हुने समस्याको अन्तिम समाधान आत्महत्या गर्नु वा संसार त्याग्नु त हुँदै होईन तर मानिस हरु ले मृत्युु लाई अन्तिम समाधान देखेर संसारिक चक्रको जीवन यात्राको चरण बाट बिदा भई दिन्छन् ।

अहिले विश्वको पश्चिमी भौतिकवादि चिन्तन भएका देश हरुमा प्रेम सम्बन्ध मा आएको तनाव लाई सामान्य तरिका को बुझाई वनाएर जीवन लाई थप उर्जाशिल वनाउन मा अग्रसर देखिए पनि नेपाल भारत जस्ता आध्यात्मिक मुलुकमा भने प्रेम सम्बन्ध मा आएको तनाव र उतार चढाव लाई भावनात्मकता को गहिराइमा पुर्याएर आत्महत्या गर्ने परिपाटि आधुनिक प्रेमको बिकृतिका रुपमा बिकसित हुँदै आएको छ।

मानिसको अन्तरमन बाट उत्पन्न हुने भवना यति सक्तिशाली छ जसले संसारका कुनै पनि कुरा हरु लाई सजिलै हराउन सक्छ। मानिस को मन बाट उत्पन्न हुने भावना लाई सकारात्मक हिसाबले ब्यवस्थापन गर्न सके जीवन लाई एउटा सफलता मा पुर्याउन सकिन्छ । प्रेम को सहि बुझाई र व्यवहार ले जीवन लाई आनन्द र सुखको अनुभूति दिलाउंद छ भने यसको कारण बाट सिर्जना भएका तनाव लाई ब्यवस्थापन गर्न नसके वा नकारात्मक बुझाई लाई प्राथमिकता दिदै गए यस ले जीवन लाई पल भरमै सिध्याइ दिन्छ।

प्रसिद्ध धार्मिक ग्रन्थ भागवत गीतामा लेखीएको छ :

“आफ्नो अर्काको भन्ने मन बाट हटाई देउ अनि सबै तिम्रो हो, तिमी सबै को हौ। यो चंचल र अस्थिर मन जता सांसारिक मोह छ उतै डुलिदिन्छ यसलाई पटक पटक त्यता बाट खिचेर आफ्नो वशमा राख्नु पर्छ । जो जिवात्मा ले मन र इन्द्रिय लाई वशमा राख्न सकेको छ त्यो आफू नै आफ्नो मित्र हो। जसले मन र इन्द्रिय लाई आफ्नो वशमा राख्न सक्दैन वा जित्न सकेको हुदैन त्यसको लागि स्वयं आफू नै शत्रु वा शत्रु समान भावमा रहन्छ र पल भरमै आफ्नै जीवन लाई सिध्याईदिन्छ।”

तर मानिस हरु यी चिज लाई भुलेर आफ्नो जीवनको प्रेम सम्बन्ध मा देखा परेका समस्या वा उतार चढाब लाई लिएर आफुले धरै ठूलो चिज गुमाएको वा अब उपरान्त त्यहि वा त्यस्ता चिज हरु चिज प्राप्त गर्नै नसकिने वा ती चिज बिना जीवन धान्नै नसकिने हो कि भन्ने अन्धो सोचाइ र भावनात्मक असम्वेदनशिलता लाई प्राथमिकता दिन्छन र अकल्पनीय निर्णयमा पुगिदिन्छन ।

जन्मिदा म के लिएर जन्मिएक‍ो थिए भन्ने कुरा मनमा सोच्नै नसोचि जीवन लाई संसार बाट बिदा गर्ने निर्णयमा पुग्नु मानवीयपन होईन र समस्याको अन्तिम समाधान पनि हुँदै होईन । मानव भएर जन्म लिई सके पछि जस्तासुकै समस्या हरुका अगाडि हिम्मत साहस लाई कमजोर बनाईएर समस्या लाई आफू भन्दा ठूलो दर्जा दिनुले नै जीवन लाई यस्ता कायर निर्णय मा पुर्याउछ।

एउटा अनुसन्धान का अनुसार संसार भर प्रत्येक ४०/४१ सेकेन्डमा एक जनाले आत्महत्या गरिरहेको हुन्छ र संख्या हिसाब ले प्रत्येक बर्ष ८ देखि१० लाख मानिस ले आत्महत्या गर्ने गरेको अभिलेख छ। जसमा सबैभन्दा बढि किशोर किशोरी र युवा उमेर समुहका मानिस हरुले आत्म हत्यागरेको पाईन्छ। किशोर किशोरी र युवा अवस्था का उमेर समुहका मानिस हरुको भावनात्मक सम्बन्ध र एक अर्का प्रतिको प्रेम सम्बन्धमा देखिएको तनाव नै आत्महत्याको एउटा प्रमुख कारण हो।

उसो त मानिसको जीवनमा दिनहुँजसो विभिन्न समस्या, तनाव वाधा अबरोध हरु उत्पन्न हुने गर्छन । ती समस्या हरुका बिषयमा असाधारण बुझाइ बनाउनाले नै जीवन लाई कमजोर र अपरिपक्व बनाउछ। मानिसले आफ्नो जीवनमा उत्पन्न भएका भावनात्मक संग सम्वन्धि समस्या हरु र दैनिक कार्य संग सम्बन्धित समस्या हरु परास्त गर्न सक्नु नै जीवनमा सफलता प्राप्त गर्नु हो र जीवन त्यग्नु समस्याको अन्तिम समाधान हुँदै होईन बरु समस्याको अन्तिम एउटैमात्र समाधान निर्तरको संघर्ष गरिरहनु हो। त्यसैले जीवनमा देखिएका समस्याका अगाडि आत्महत्या होईन निरन्तर संघर्ष गरौं । : प्रकाशित सामाग्रीमा समावेश गरिएका शब्द स्वयम लेखकका हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार