आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दलले गराए दल दर्ता

निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दलले दर्ता गराएका छन् । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका छन् भने अझै दल दर्ता हुने क्रम बढिरहेकोे छ ।

उनले थप ३ दल दर्ता प्रक्रियामा रहेको जानकारी पनि दिए । बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीले आयोगमा पुगी दल दर्ता गरेको थियो । यसअघि मंगलबार नेकपा एमालेले पनि दल दर्ता गराइसकेको छ ।

वि.सं. २०७९ साउन १९ सम्म दर्ता कायमभएका राजनीतिक दलहरूले मात्रै प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुनपाउने छन् ।

दल दर्ता गर्न दलहरू काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार