देउवा हराउने दाउमा लागे कर्ण मल्ल: यी हुन मुख्य कारण ? (भिडियो)

नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उप-सभापति कर्णबहादुर मल्ल

धनगढी : नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उप-सभापति कर्णबहादुर मल्लले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई आउँदो चुनावमा पराजित गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार धनगढी स्थित बोलन्या थलीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नागरिकता विधेयक फिर्ता पठाएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद सहितको सल्युट गरेको बताएका हुन् ।

मल्ले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूर पश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।  देउवाले सुदूर पश्चिमेली जनताको लागि कुनै सिन्को भाँच्न नसकेको टिप्पणी गर्दै पटक पटक चुनाव लड्दा खेरी बोलेका तिनै एजेन्डाहरूलाई अहिले पनि मुख्य एजेन्डा बनाइरहेको दाबी गरे।

यस्तै मल्लले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानबिनको लागि सबैले खबरदारी गर्नुपर्ने बताए। अबको चुनावमा  शेरबहादुर देउवालाई विस्थापित गर्नुको विकल्प नरहेको बताएका छन् । अब सुदूरपश्चिमका जनताले उनीहरूलाई जनप्रतिनिधि हुन लायक छैनौँ भनेर भन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्तै मल्लेले शेर बहादुर देउवाका गल्तीहरू तथ्य प्रमाण सहित देउवाकै आम सभामा राख्न सक्ने चेतावनी दिए ।

विगत २४ दिन यता काँग्रेस बिपीका वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका मल्लले मङ्सिर ४ गते तोकिएको प्रतिनिधि सभामा उम्मेदवारी दिने बारेमा भदौ २४ गते बिपी जयन्तीको दिन ठोस् निर्णय लिने स्पष्ट पारेका छन्।

यसै गरी, जनता प्रति उत्तरदायी नबनेको मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ५ वर्षसम्म विभिन्न प्रकरणमा फस्ने र विवादमा तानिने बाहेक अन्य केही काम नगरेको आरोप लगाउने मल्लले नागरिकता विधेयक फिर्ता पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने धन्यवाद सहितको सल्युट गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार