राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

काठमाडौं : नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभएको छ ।

आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पनि लामिछानेले बताउनु भएको छ ।

प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उहाँको दाबी रहेको छ ।

आफूहरुले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको पनि लामिछानेले बताउनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार