गौरा पर्व र तिजको अवसरपारि बगरकोटमा खुल्ला भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार तीस हजार ३० तोकियो

भलिबल

डडेल्धुरा : डडेल्धुरामा खुला भलिबल प्रतियोगिता हुने भएको छ। खबरदारी न्युज साप्ताहिकको आयोजनामा खुला भलिबल प्रतियोगिता हुन लागेको हो।
सुदूरपश्चिमको महान् पर्व गौरा, तिजको अवसरमा हुन लागेको भलिबल प्रतियोगिता भदौ १४ गतेदेखि सुरु हुनेछ । भलिबल सँगै देउडा, म्युजिकल चेयर नाच् गान समेत हुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ भलिबलको आयोजना गरिएको अध्यक्ष जनक महराको भनाई छ । कार्यक्रमको प्रवर्द्धकको रूपमा डडेल्धुरा युवा मञ्च रहेको छ ।

भागेश्वर गाउँपालिकाको सदरमुकाम बगर कोटको सरस्वती मा.वि.को मैदानमा खेल सुरु हुनेछ । खेल सँगै कला र संस्कृतिको जर्गेना भन्ने मूल नाराका साथ खेल राखिएको छ ।

टिम दर्ताका लागि भदौ १ देखि १२ गते सम्म म्याद राखिएको छ भने दर्ता शुल्क रु दुई हजार पाँच सय राखिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ३० नगदसहित प्रमाणपत्र हात पार्नेछ। उप–विजेता टिमले नगद १५ हजार १५ नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद ७ हजार ७ नगद सहित प्रमाणपत्र र सिल्ड हात पार्नेछ भने देउडा म्युजिक चेयरमा उत्कृष्ट ३ लाई नगद सहित सम्मान गरिनेछ आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार