मौलिक देउडा गीत ‘भैंसाकी गोठाली’ सार्वजनिक

मौलिक देउडा गीत 'भैंसाकी गोठाली' सार्वजनिक

धनगढी  : नेपाली गीतसङ्गीतको क्षेत्रमा मौलिकता हराउँदै गएको बेला लालबहादुर धामी “अछामी बड्डो”काे मौलिक देउडा गीत “भैंसाकी गोठाली” सार्वजनिक भएको छ ।

सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर धामी “अछामी बड्डो र चर्चित देउडा गायिका संगीता शाह काे स्वरमा रहेको नयाँ देउडा गीत भैंसाकी गोठाली” सार्वजनिक भएको छ।जसमा शब्द, लय राजेन्द्र शाह बिपी काे रहेको छ । गीतको म्युजिक भिडियो गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ।

भिम थापा दारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर धामी “अछामी बड्डो” र सुदूरपश्चिमकै मोडेल अनु खड्का, सुदूरपश्चिम मोडेल टेक बिष्ट दिपु धामीले अभिनय गरेका छन् । बिनोद बाजुरेलीकाे एरेन्जर रहेको म्युजिक भिडियोको छायाङ्कन भने हरिश महरा गरेका हुन् ।

यस गीतले निर्जन र रमणिय वनपाखामा गाई भैंसी चराइरहेकी सुन्दरी गोठाली र एकजना बटुवा बिचको रोमाञ्चकारी प्रेमिल सवालजवाफ समेटिएको मिठास र मौलिकताले भरिपुर्ण देउडा गीत रहेको यस गित मा ग्रामिण पहाडी परिवेसको सुन्दरता र जिवन्ततता झल्किने यो गीतमा अनेकौं बिम्ब र प्रतिकहरु मार्फत सुदुरपश्चिमको सँस्कृती, प्रकृति, परिपाटी र मायाप्रेमलाइ प्रतिबिम्बित गरिएको शब्द लेखक राजेन्द्र शाह बिपीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार