सुदूरपश्चिमका युवा विद्यार्थी हेमराज थापा शनिवार स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै

भन्छन्, 'अहिलेसम्म सडकबाट लड्यौं अब संसदबाट जनता र देशका पक्षमा लड्छौं'

सुदूरपश्चिमका युवा विद्यार्थि हेमराज थापा
तस्बिर: हेमराज थापाको फेसबुकबाट

धनगढी : सामाजिक अभियान्ताको रुपमा परिचित प्रखर पक्ता, युवा विद्यार्थी हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्।

केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्।

उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।’

समाजका विभिन्न विषय वस्तु लिएर आन्दाेलनमा हाेमिदै आएका उनी अब भने संघीय चुनावमा गएर जनताकाे पक्षमा लड्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थायी घर भएका थापाले भोलि अर्थात् शनिवार दिउँसो तीन बजे प्रतिनिधि सभा सदस्य पदको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने जनएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार