नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको महराको भनाई छ। गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो।

शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो। तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार