वाग्मती नदीमा शनिबार बिहान साढे ५ किलोमिटर जलयात्रा

वाग्मती नदीमा शनिबार बिहान साढे ५ किलोमिटर जलयात्रा

काठमाडौँ : वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो ।

१२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् । कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी थिए ।

उक्त जलयात्रामा वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए । कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो ।

सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार