नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, उपाध्यक्षमा महरा

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, उपाध्यक्षमा महरा

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले देव गुरुङलाई महासचिव बनाउने प्रस्ताव गेरेको छ। पेरिसडाँडामा भएको बैठकले गुरुङलाई महासचिवका प्रस्ताव गरेको हो।

महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र पूर्वमन्त्रीसमेत रहेका वर्षमान पुन प्रबल आकांक्षी थिए। बैठकले शर्मा र पुनलाई उपमहासचिव बनाउने प्रस्ताव गरेको छ। उनीहरुसँगै  पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेललाई उपमहासचिव बनाउने प्रस्ताव गरिएको छ।

त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम प्रस्ताव गरिएको छ।

उपाध्यक्षमा भने पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ भने कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरिएको एक नेताले बताए।

बैठकले प्रस्तावित नामहरुलाई अनुमोदन गर्ने तयारी गरेको छ। पार्टीले नारायणकाजी श्रेष्ठलाई यसअघि नै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार