धनगढीको एसपीएमा निःशुल्क सिम्याट कक्षाहरु सञ्चालनमा

धनगढीको एसपीएमा निःशुल्क सिम्याट कक्षाहरु सञ्चालनमा

धनगढी : विभिन्न इन्सिच्युटहरुमा विधार्थीहरुले हजारौं रुपैयाँ खर्च गरेर अध्ययन गरिरहेको सिम्याट (प्रवेश परीक्षा)को तयारी धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले निः शुल्क रुपमा सञ्चालन गरिरहेको छ ।

१२ कक्षा उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतको ब्याचअल अफ होटल म्यानेजमेन्ट(बीएचएम) र ब्याचलर अफ इन्फेरमेसन म्यानेजमेन्ट(बीआईएम) अध्ययनका लागि सिम्याट परीक्षा अनिवार्य गरेको छ ।

सुदूरपश्चिममा त्रिविका यी दुबै प्राविधिक विषयहरु पढाई हुने एसपीए एकमात्रै कलेज हो । यसअघि यी विषयहरु पढ्न चाहने विधार्थीहरुले हजारौं रकम खर्च गर्दै विभिन्न इन्सिच्युटहरुमा तयारी गर्ने गरेका थिए । यसपल्टदेखि भने एसपीएले निः शुल्क रुपमा सिम्याट कक्षाहरु सञ्चालन गरेको हो ।

‘सिम्याट एक किसिमको प्रवेश परीक्षा हो । बीआईएम र बीएचएम अध्ययनका लागि त्रिविले १२ कक्षा पास गरेपछि सिम्याट दिनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ,’ एसपीएका बिआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले भने, ‘यसअघि विधार्थीहरुले हजारौं रकम तिरेर बजारमा सिम्याटको तयारी गरिरहेका हुन्थे । यसपटक एसपीएले यी प्राविधिक विषयहरु अध्ययन गर्न चाहने जो सुँकै विधार्थीहरु पनि पछि नपरुन भन्ने उदेश्यले निशुल्क सिम्याट कक्षाहरु सुरु गरेका छौं ।’

देशकै उत्कृष्ट १३ कलेजभित्र परेको एसपीएको बीएचएम–बीआईएम भवनमा निशुल्क सिम्याट कक्षाहरु सञ्चालन भईरहेका छन् । बीएचएम–बीआईएम कोटामा ३३–३३ जनामात्रै अध्ययन गरिने विषयहरु हुन् । सुदूरपश्चिममा एसपीएमामात्रै यी विषय पढाई हुने भएकाले भारी प्रतिस्पर्धा हुने गरेको विगतको अनुभव छ । सोहीकारण विधार्थीहरु १२ को परीक्षा दिएलगत्तै सिम्याटको तयारीमा जुट्ने गर्छन ।

‘यी दुबै कार्यक्रम स्किल ओरियन्टेट(सीपमुखी) भएकाले माग बढ्दै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यी विषय पढेका विधार्थीहरु सजिलै आफ्नो प्रभुत्व जमाइरहेका छन्,’ एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले भने, ‘पहिलो ब्याचका हाम्रै विधार्थी दुबई, बहिराइनजस्ता देशका फाइभस्टार होटलहरुमा काम गर्न सक्षम भएका छन् । बीआईएमका विभिन्नहरुले विभिन्न उपकरणहरु निर्माण तथा सफल प्रयोग गरिरहेका छन् । त्यसैले यी विषयमा विधार्थीको आकर्षण एकदमै बढी देखिएको छ ।’

अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त विश्वविद्यालयका रुपमा रहेको त्रिविको बीएचएम कार्यक्रम भएकाले एसपीएले बीएचएम अध्ययन गर्न चाहनेका लागि सोहीअनुसारको पूर्वाधारहरुको समेत विकास गरेको छ । एसपीएमा आफ्नै किचेन ल्याब सञ्चालनमा छ । बेकरी, बार, हाउस किपिङ रुम, रेष्टुरेन्ट कलेजको आफ्नै छ । जहाँ विधार्थीले भोलि बजारमा आवश्यक पर्ने सम्पूर्ण सीपहरु सिकेर जान्छन् ।

जुनसुँकै संकायबाट आएका विधार्थीले बीएचएम, बीआईएम विषय पढ्न पाउँछन् । हरेक विषयमा डीप्लस जीपीए वा १.८ आएको हुनुपर्छ । सिम्याट पढ्न भने अहिले यो जीपीए आवश्यक पर्दैन । त्यसैले भविष्यमा यी प्राविधिक विषयहरु अध्ययनका गर्न चाहने विधार्थीहरुले एसपीएमा आजै निशुल्क सिम्याट कक्षाका लागि सम्पर्क गर्न बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर पुनले बताए ।

निशुल्क सिम्याट कक्षाहरुमा सहभागी हुन चाहने विधार्थीहरुले बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारी (९८४३४४१६६५), बीएचएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन (९८६४७०२३५५) मा सम्पर्क गर्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार