जिम्बाव्वेबिरुद्ध भारतलाई एक खेलअघि नै शृंखला

क्रिकेट

काठमाडौँ : घरेलु टोली जिम्बाव्वेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लगातार दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै एक खेलअघि नै शृंखला जितेको छ।

शनिबार १ सय ६२ रनको लक्ष्य भारतले २५.४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे। भारतका सन्जु सामसनले सर्वाधिक ४३ रन बनाउँदा शिखर धवन र शुभमन गिलले समान ३३ रनको योगदान गरे। जिम्बाव्वेका लुन्की जोन्गावले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८.१ बल सबै विकेट गुमाउँदै १ सय ६१ रन मात्र बनायो। घरेलु टोलीका सेन विलियम्सले सर्वाधिक ४२रन बनाए। यस्तै, रायन बर्लले ३८ रनको योगदान गरे। भारतका शार्दुल ठाकुरले ३ विकेट लिए।

यसअघि पहिलो खेल भारतले १० विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार