धनगढीमा सशस्त्र प्रहरीद्वारा बजार मूल्य ८५ हजार बराबरको सालको काठ बरामद

धनगढीमा सशस्त्र प्रहरीद्वारा बजार मूल्य ८५ हजार बराबरको सालको काठ बरामद

धनगढी : सशस्त्र प्रहरीले कैलालीमा १९ क्यु फिट काठ बरामद बरामद गरेको छ । उक्त काठ जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ९ बंगराकटान क्षेत्र बाट बरामद गरेको हो ।

बजार मूल्य अनुसार ८५ हजार बराबरको लगभग सात फिट लामो ३४ कडी सालको काठ सीमा इलाका राम घाटबाट नियमित पैदल गस्तीका क्रममा गस्ती टोलीले फेला पारी सब डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल बिओपी नं. ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक राधेश्याम रानाले बताए । नजिकै भारतीय जङ्गल भएकोले उक्त काठ भारतबाट नेपाल भित्र्याउन लागिएको हुन सक्ने रानाको आशङ्का रहेको छ ।

यस्तै, कैलालीका ‘फरेस्ट अफिसर’ रमेश बोगटीका अनुसार अब उक्त काठ सब डिभिजनमा लगी नाप तौल  गरिने र वन कार्यालयले अनुसन्धानका लागी अधिकृत तोकी सो काठ कहाँ बाट कुन प्रयोजनका लागी आएको भनी सत्य तथ्य छानबिन हुने र अन्तमा वन कार्यालयले लिलामी शाखामा पठाइने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार