बैतडी समाज कैलालीद्धारा आयोजित वृहत् रक्तदान महोत्सवबाट ५५० जना लाभान्वित, कति पिन्ट भयो रगत संकलन ?

बृहत् रक्तदान महोत्सवमा ८५ जनाले गरे रगत दान

बैतडी समाज कैलालीद्धारा आयोजित वृहत् रक्तदान महोत्सवबाट ५५० जना लाभान्वित, कति पिन्ट भयो रगत संकलन ?

धनगढी : बैतडी समाज कैलालीले आयोजना गरेको आठौँ बृहत् रक्तदान महोत्सवमा ८५ जनाले रगत दान गरेका छन् । शनिवार रक्त दान जीवनदान भन्ने मूल नाराका साथ बैतडी समाजको सचिवालय पद्मा नर्सिङ कलेजको प्राङ्गणमा बिहान ९ बजे देखि भएको कार्यक्रममा ८५ पिन्ट रगत सङ्कलन भएको हो ।

उक्त महोत्सवमा आँखा शिविर, दन्त शिविर र स्वास्थ्य शिविर समेत राखिएको थियो । जस अन्तरगत आँखा शिविरबाट तीन सय १८ जना लाभान्वित भएका छन् । भने एक सय एक जनाले चस्मा प्राप्त गरेको र ११ जनाले सर्जरी सेवा प्राप्त गर्ने समाजका कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिए ।

यस्तै, दन्त शिविरबाट ७७ जनाले सेवा लिएका छन् । भने स्वास्थ्य शिविरबाट एक सय ५५ जनाले स्वास्थ्य जाँच र एक महिना पुग्ने औषधि प्राप्त गरेको चन्दले बताए ।

उक्त कार्यक्रममा धनगढी नेत्रालयले निःशुल्क आँखा चेक जाँच तथा निःशुल्क औषधि र नजिकको नजर  चस्मा  वितरण गर्नुका साथै मोतीबिन्दु, र अन्य शल्यक्रिया  गर्नु पर्ने आँखाका बिमारीको निःशुल्क शल्यक्रिया गरी उपचार गर्न सहयोग गरेको थियो ।

त्यस्तै, महोत्सवमा समृद्धि डेन्टलद्दारा  निःशुल्क दन्त परीक्षण र आवश्यक परामर्श र उपचारमा १५ प्रतिशत छुट सेवा दिइएको छ । भने सारथि अस्पताल प्रा लि द्वारा निःशुल्क स्वास्थ्य शिविर अन्तरगत  सुगर, प्रेसर र दमको जाँच गरी यी बिरामीलाई एक महिनाको औषधी निःशुल्क सेवा प्रदान गरिएको बैतडी समाज कैलालीले जनाएको छ ।

यसका साथै बैतडी समाज कैलालीले आफ्नो स्थापना काल देखि नै  विभिन्न सामाजिक परोपकारका कार्यहरूमा र आजको कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता एवम् सहयोगी हातहरूमा समाजका कार्यक्रम संयोजक चन्दले हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार