धनगढी उप-महानगरका मेयर हमालले १०० दिनमा गरेका काम (४२ बुँदा र भिडियो सहित)

धनगढी उप-महानगरका मेयर हमालले १०० दिनमा गरेका काम (४२ बुँदा र भिडियो सहित)

धनगढी :  कैलालीको धनगढी उप-महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गरेका छन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका हुन्।

मेयरले भाद्र १४ गते सार्वजनिक गरेका ४२ बुँदामध्ये धनगढीको फोहोर स्रोतमै व्यवस्थापन गर्न उपमहानगर र विशेषज्ञ यमप्रसाद भण्डारी (स्रोत व्यवस्थापन प्रालि) सँग सम्झौता भएको कुरा उल्लेख छ। वालिङ र सुर्खेतमा फोहोरमैला व्यवस्थापन कार्य गरेको अनुभव हासिल गरेको सो प्रालिसँग स्रोतमै फोहोरको व्यवस्थापन गर्ने गरी सम्झौता भएको हो।

कार्यक्रम नगरप्रमुख गोपाल हमालले एक वडा एक एम्बुलेन्स सेवाका लागि आवश्यक छलफल भइरहेको बताए। उपमहानगरको फोहोर व्यवस्थापनदेखि नालीसफासम्म लगायत विविध कार्यका लागि २ वटा स्काभेटर खरिद प्रक्रिया समेतका लागि बोलपत्र आह्वान गरिएको उपमहानगरले जनाएको छ।

पदभार समालेको एक सय दिनमा मेयर हमाल नेतृत्वले नगरवासीको हितमा खोलानाला अतिक्रमदेखि विशेषज्ञ वडा क्लिनिकसम्मको कामको प्रगति वितरण सार्वजनिक गरिएको छ।

फोहोरमैला व्यवस्थापनका लागि विद्यालयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न केपी खनालसँग समेत सहमति भइसकेको उपमहानगरले जनाएको छ। उपमहानगरले वृक्षारोपण, पानी निकास, छाडापशुचौपाया व्यवस्थापनदेखि उपमहानगरपालिकाले लेखा समिति गठन गरेर उपसमिति मार्फत बेरुजू फछ्र्यौट गर्ने लगायतका ४२ वटा काम सम्पन्न गरेको विवरण सार्वजनिक गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार