राष्ट्रपति भण्डारीद्वारा पाँडेको तस्बिरमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गरेकी छन् । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे र काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काँजी पाँडेको स्मरणमा उनको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेकी हुन् ।

टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्मृतिसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो ।

स्मृतिसभामा राष्ट्रपति भण्डारीले काजी कालुपाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण समेत गरेकी थिइन् । वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइतअनुसार काजी वंशराज पाडँे, तुलाराम पाडेँ, केहरसिंह बस्न्यातका साथ कान्तिपुरमा आक्रमण गरेका थिए । उनले १ हजार गोर्खाली तालिम प्राप्त सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरेर एक दल नरदेवीतिरबाट, अर्को दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।

राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्रा मनाइरहेको समयमा गोरखालीहरुले आक्रमण गरेपछि उनी हतप्रद भएका थिए । अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादसहित प्रवेश गरेका थिए ।

सोही बेलामा बारुद जल्दा तुलाराम पाडेँसहितका केही सिपाहीको  पिल्सिएर मृत्यु भएको थियो । उनकै स्मरणमा आज स्मृतिसभा मनाइएको हो । उनको कान्तिपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो । -रातोपाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार