भरतपुरका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ

भरतपुरका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ

काठमाडौं : भरतपुरका बजार क्षेत्रका सडकमा विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरिएको छ ।

उक्त कार्यको आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा(भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विद्युतलाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरणरथप गर्ने जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार