सुदूरपश्चिम प्रदेश सभाबाट पाँच वर्षमा ६७ विधेयक मात्रै पारित

सम्पूर्ण प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभाको तर्फबाट सम्मान

सुदूरपश्चिम प्रदेश सभा

धनगढी : सुदूरपश्चिम प्रदेश सभाबाट पाँच वर्षमा ६७ विधेयक मात्रै पारित भएका छन् । २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो ।

वर्तमान प्रदेश सभाका सदस्यको पदावधि सकिनै र प्रदेश सभाले पाँच वर्ष पूरा गर्नै लाग्दा ६७ विधेयक पारित भएका हुन । जसमध्ये ६४ वटा प्रमाणीकरण भइसकेको र तीन वटा प्रमाणीकरण हुन बाँक रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

वर्तमान प्रदेश सभा सदस्यका लागि अन्तिम अधिवेशनको रुपमा रहेको प्रदेश सभाको १० औं (बर्खे) अधिवेशन पनि अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबारराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरे । प्रदेश सभाको १० औं अधिवेशन जेठ १६ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि २७ वटा बैठक बसेको सभामुख थापाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्यको पाँच वर्षे कार्यकालको यो नै अन्तिम अधिवेशन हो । आगामी मङ्सिरमा प्रदेश सभा सदस्यहरुको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । प्रदेश सभाका सदस्यहरुको पाँच वर्षे कार्यकालमा प्रदेश सभाबाट ६७ वटा विधेयक पारित भएका सभामुख थापाले जानकारी दिए ।

उनले प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सफल भएको उल्लेख गरे । प्रदेश सभाबाट समयमै प्रदेशको स्थायी राजधानी तोकिनुका साथै नामाकरण गर्ने कार्य पनि भएको उल्लेख गर्दै उनले त्यसलाई सरकारले कार्यान्वयन भने गर्न नसकेको बताए ।

यसैबीच, प्रदेश सभा सचिवालयको आयोजनामा प्रदेश सभाको पाँच वर्षे कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

सो कार्यक्रममा सम्पूर्ण प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभाको तर्फबाट सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको छ । सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु, प्रदेश सभा सदस्यरु लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार