वैदेशिक रोजगारीमा जान लागेका युवा धनगढी विमानस्थलमा प्रहरीबाट कुटिए (भिडियो)

वैदेशिक रोजगारीमा जान लागेका युवा धनगढी विमानस्थलमा प्रहरीबाट कुटिए

धनगढी : धनगढी विमानस्थलमा वैदेशिक रोजगारीमा जान लागेका युवा कुटिएका छन् । वैदेशिक रोजगारीमा जान काठमाडौँ जाँदै गरेका एक युवक धनगढी विमानस्थलमा प्रहरीबाट कुटिएका छन् । शनिवार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौँ जाँदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो । उनको आँखामा चोट लागेको छ ।

काठमाडौँ जाँदै गरेका गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका प्रहरीले कुटपिट गरेको गिरीले आरोप लगाएका छन् । एयरपोर्ट डिउटीमा रहेका वरिष्ठ प्रहरी हवलदार कृष्णबहादुर पाण्डेको टोलीले गिरीलाई कुटपिट गरेका हुन्। त्यसपछि अरू प्रहरीले पनि कुटपिट गरेको उनले बताए । मलाई श्री एयरलाइन्सको काउन्टरबाट कुटपिट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो, उनले भने, कुटेको कुरा भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।

उनले आफूले कुनै गालीगलौज नगरेको भन्दै प्रहरीलाई गाली गरेको भनेर कुटेको बताए । मैले गाली गरेको छैन, सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ । उनले भने ।पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउँदा बोलाउँदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासि कुटपिट गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कुट्न नपाइने बताउँदै सो बारे जानकारी लिइरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार