एमाले कैलालीले क्षेत्र नम्बर ४ बाट भट्ट र ५ मा रानालाई प्रतिनिधीसभा उम्मेदवार बनाउँने

प्रदेश सभाका लागी को-को भए सिफारिस ?

एमाले कैलालीले क्षेत्र नम्बर ४ बाट भट्ट र ५ मा रानालाई प्रतिनिधीसभा उम्मेदवार बनाउँने

कैलाली : कैलाली क्षेत्र नम्बर ४ बाट एमाले सचिव लेखराज भट्टको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको सर्वसम्मत एकल सिफारिस भएको हो। एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ कैलालीको आइतबार भएको बैठकले संघीय निर्वाचनको लागि भट्टको नाम सिफारिस गरेको हो ।

अघिल्लो पटक भट्टले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले हराएका थिए । माओवादी केन्द्रका नेता भट्टले ३१ हजार ३५९ मत पाउँदा प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत पाएका थिए । एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टीलाई अदालतले फुटाइदिएपछि माओवादी नेता भट्ट एमालेमै रहेका थिए । अहिले उनी एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज रहेका छन् ।

कैलाली ५ मा रानालाई दोहोर्याउने 

नेकपा एमालेले आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का लागी बर्तमान प्रतिनिधीसभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानालाई दोहोर्याउने भएको छ । आज एमाले प्रदेश निर्वाचन समन्वय कमिटिको बैठकले रानालाई प्रतिनिधीसभाका लागी सिफारिश गरेको हो । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी उनी उकल उमेदवारका रुपमा सिफारिश भएका हुन् ।

प्रदेश सभाका लागी को-को भए सिफारिस ?

प्रदेश सभा क मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ । उनीहरुलाई प्रदेश निर्वाचन समन्वय कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको हो । त्यस्तै प्रदेश ख भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद सिफारिस भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार