बझाङको पान कोट जडार सडक खण्ड बाढीले सडक अवरुद्ध, आवागमन ठप्प

बझाङको पान कोट जडार सडक खण्ड बाढीले सडक अवरुद्ध, आवागमन ठप्प

बझाङ : पान कोट जडार सडक खण्ड अन्तरगत जय पृथ्वी नगरपालिका ४ गोलाई क्षेत्रमा आज बेलुकी एक्कासि आएको बाढीले सडक बगाएपछि आवागमन ठप्प भयको छ । केही दिन  अगाडी आएको बाढीले अवरुद्ध बनाएको सडक हिजो मात्र जय पृथ्वी नगरपालिकाले डोजर लगाएर सफा गरी सुचारु गरेकोमा आज सोमवार फेरी बाडी आयपछि अवरुद्ध भयको हो ।

बेलुकी  ४ बजे तिर गोलाई गाडमा एक्कासि आएको बाढीले सडक पूर्ण रूपमा वगाउनका साथै आसपासका सैयौ ग्याविन जाली समेत वगाएर क्षति पुगाएको छ । त्यसैगरी गोलाईगाणमा वनाईएको स्थानिय मिन वहादुर सिहको घट्ट तथा  एक रोपनि भन्दा वढी खेतीयोग्य जमिन समेत वगाएर लगेको छ । त्यस्तै स्थानिय प्रेम वहादुर सिहको पुर्ख्यौली घट्टको कुलो समेत पूर्ण रूपमा वगाएको छ ।

वाढीका कारण गोलाईगाड क्षेउमा रहेका तिपुरे उपाध्याय,शिवराज उपाध्याय,पूर्ण प्रशाद उपाध्याय तथा खगेन्द्र उपाध्यायका छाना समेत जोखिममा परेका छन ।झण्डै एक घण्टा जति उर्लेर आएको गोलाई गाडले आसपासका धेरै खेतीयोग्य जमिन समेत बगाएको सहकर्मी नरेन्द्र उपाध्यायले जानकारी दिनुभयो । गोलाई गाडमा सडक पूर्ण रूपमा वगाएकाले स्थानियलाई पैदल वारपार गर्न समेत समस्या भयको छ ।

यस्तै  जनपा ४ कोखातीवाडामा समेत  छडीखोलाले सडक कटान गरेपछी सडक वन्द भयको छ । छडीखोलाले आसपासका खेतीयोग्य जमिनमा समेत क्षति पुगाएको वडाध्यक्ष ईश्वर खातीले वताए । त्यस्तै गोलाईको रुईनाडी खोलाले पनि कटान गरेर खोला आसपासका खेतीयोग्य जमिन पुरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार