‘प्रेमगीत ३’ का विषयमा ‘कपिल शर्मा शो’मा जाँदै मनीषा र गोविन्दा

जाँदै मनीषा र गोविन्दा
गोविन्दा र मनीषा

नेपाली फिल्म ‘प्रेमगीत ३’ का विषयमा बलिउड स्टार मनीषा कोइराला र गोविन्दाले ‘कपिल शर्मा शो’मा जाने तयारी गरेका छन्।

भारतीय चर्चित शो मा ‘प्रेमगीत ३’का तर्फबाट सहभागिता जनाउन गरिएको प्रस्तावमा मनीषा र गोविन्दाले सहमति जनाएको निर्माता सन्तोष सेनले जानकारी दिए।

शो मा सहभागिताका लागि भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका थिए। कपिलले आफ्नो शो मा ‘प्रेमगीत ३’लाई लैजाने नलैजाने भन्ने निर्णय भने दिइसकेका छैनन्।

सेनले भने, ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ। यदि सुटिङ भयो भने सेप्टेम्बर १५ तिर हुन्छ।’

सेनसहित ‘प्रेमगीत ३’ टिमले मुम्बईस्थित मनीषा निवासमा यसबारे छलफल गरेका थिए।

मनीषाले सामाजिक सञ्जालमार्फत यो फिल्मको प्रमोसन गरिरहेकी छन्। प्रदीप खड्का स्टार ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शनमा आउँदै छ। याे फिल्म नेपालमा नेपाली भाषामा र भारतमा हिन्दी भाषामा रिलिज हुनेछ। -नेपालखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार