धनगढी उप-महानगरपालिकाले थप यी वडाको जग्गा कित्ताकाट गर्‍यो फुकुवा

धनगढी उप-महानगरपालिका

धनगढी :  यसअघि जग्गा कित्ताकाट रोकेको धनगढी उप-महानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो ।

१९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेसँगै उपमहानगरपालिका भित्र ६ वडा आवासीय क्षेत्र भएका छन् ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ४ लाई असार ३१ गते नै आवासीय क्षेत्र घोषणा गर्दै जग्गा कित्ताकाट फुकुवा गरेको थियो । बुधबार बसेको बैठकले वडा नम्बर २, ३, ५ र ११ लाई आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।

उनका अनुसार कार्यपालिकाको बैठकले १३ वटा वडाबाट आएको सिफारिसअनुसार जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । चार वडाबाहेक उपमहानगरपालिकाका सबै वडाको जग्गाको कित्ताकाट फुकुवा गरेको हो ।

वडा नम्बर ६ का वडा अध्यक्ष भागीराम चौधरीले मुख्य सडक किनारदेखि दायाँ बायाँ ८० मिटर र शाखा सडकको दायाँ–बायाँ रहेको ५० मिटरसम्मलाई गैरकृषि क्षेत्र घोषणा गरी जग्गा कित्ताकाट फुकुवा गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार