धनगढी १२ जुगेडा स्थित मोहना नदीमा एक जना पुरुषको शव फेला

मृत्यु

धनगढी : धनगढीको मोहना नदीमा एक शव भेटिएको छ ।

धनगढी उप-महानगरपालिका वडा नम्बर १२ जुगेडा स्थित मोहना नदीमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

हाल नाम, थर, वतन, नखुलेका पुरुषको शव सडेगलेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार