धनगढीको वडा नं. ५ ले थाल्यो सडकमा रहेका अवैधानिक संरचना हटाउने अभियान

धनगढीको वडा नं. ५ ले थाल्यो सडकमा रहेका अवैधानिक संरचना हटाउने अभियान

धनगढी : धनगढी उप-महानगरपालिका वडा नं. ५ को कार्यालयले पनि सडक छेउमा रहेका अवैध संरचना हटाउने अभियान थालेको छ । वडाले यही भाद्र २७ गते सोमबार बाट यातायात कार्यालय रहेको सडक पेटीमा बनाइएका अवैध संरचनाहरू, घर टहरा, केरा लगायतका संरचनाहरू हटाएर सो अभियानको थालनी गरेको हो ।

यस अघि धनगढी उप-महानगरपालिका वडा नं. ५ को कार्यालयले भाद्र २० गते यातायात कार्यालय रहेको सडक पेटीमा विभिन्न व्यक्ति समूहले अस्थायी रूपमा खोका, छाप्रा बनाई सडक अतिक्रमण गरी व्यापार व्यवसाय गरिरहेको देखिन आएको हुँदा सार्वजनिक स्थलमा अनधिकृत रूपमा घर छाप्रो बनाई सेवाग्राही तथा सवारी साधन आवागमन समेत अवरुद्ध गरेको देखिन आएकोले उक्त खोका छाप्रोहरू सात दिन भित्र हटाउन सूचना प्रकाशित गरेको र सोही अनुरूप सोमबार अनधिकृत रूपमा सडक पेटीमा बनाइएका खोका छाप्रा हटाइएको वडा नं. ५ का वडा अध्यक्ष गजेन्द्र शाहीले बताए ।

अध्यक्ष शाहीले सूचनाको मिति सक्किन लाग्दा आइतबार त्यहाँ निरीक्षण गरेर संरचना हटाउन आग्रह गरिएको र तत्पश्चात् पनि न हटाइएको पाइएकोले सोमबार यातायात कार्यालय अगाडी रहेको सडक पेटीमा बनाइएका खोका, छाप्रा डोजरको प्रयोग गरी हटाएको बताएका छन् ।यसका सथै आफ्नो वडा क्षेत्रभित्र पर्ने सवै अवैध संरचनाहरु हटाउने उनको भनाई छ ।

धनगढीको वडा.नं. ५ पनि डोजर लिएर उत्रियो अवैध संरचना हटाउन
यातायात कार्यालय अगाडीका अवैधानिक संरचना हटाइँदै

यस्तै, उक्त स्थानमा अस्थायी रूपमा खोका, छाप्रा रहेकी सरु सुवेदीले वडा कार्यालयले सूचना निकालेको र वडाध्यक्ष शाहीले आफू स्वयम आएर समेत हटाउन आग्रह गरेको बताउँदै संरचना हटाएकोमा आफूहरूको आपत्ति नरहेको बताइन् । उनले थप्दै भनिन्, “काठमाडौँको बालेन्द्रको जस्तो देखा शिखी गरेर चर्चामा आउन नगर्नु भए कोहोला । विधोसं पछि मात्रै पुनः निर्माण हुन्छ । भन्छन्, यहाँ उहाँहरूले भने बमोजिम पार्किङको व्यवस्था मिलाउनुहोला भन्ने लागेको छ । साँझ सम्म हटाउने भनेका थियौँ । अहिले नै डोजर लगाएर हटाउनु भयो केही छैन ।”

यातायात कार्यालय अगाडीको सडक पेटीमा विभिन्न व्यक्ति समूहले अस्थायी रूपमा बनाइएका खोका, छाप्राका कारण यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरू दुर्घटनामा पर्ने, पार्किङमा असहज हुने लगायतका समस्या भई रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार