एक्सिसका असल विद्यार्थी : बाल दिवसको अवसरमा गरे दृष्टि फाउन्डेसनलाई कुर्सी प्रदान

एक्सिस विद्याश्रम मा.विमा अध्ययनरत विद्यार्थिहरु द्वारा दृष्टि फाउन्डेसनलाई कुर्सी प्रदान

धनगढी : एक्सिस विद्याश्रम माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थीहरूले प्लास्टिक कुर्सी प्रदान गरेका छन् । विद्यालयमा कक्षा ११-१२ मा अध्ययनरत विद्यार्थीहरूले बुधवार बाल दिवसको अवसरमा दृष्टि फाउन्डेसन नेपाल धनगढीलाई सहयोग बाफत २५ थान प्लास्टिक कुर्सी हस्तान्तर गरेको हो ।

विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटाएर समाजप्रतिको उत्तरदायित्व निभाएको एक्सिस सोसल क्लबका सदस्य शंकर खड्काले बताए ।

उक्त कुर्सी हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्राचार्य अनिता पन्तको समेत सहभागिता रहेको थियो । प्राचार्य पन्तले दृष्टि फाउन्डेसन नेपालमा रहेका दिदी, बहिनी, आमा, बालबालिका र उक्त फाउन्डेसनमा रहेका नागरिकलाई सहयोग गर्नु भएकोमा एक्सिस क्लबलाई धन्यवाद दिदैं अझै यस्ता सामाजिक सत्कार्यमा सहभागी हुन विद्यार्थिहरु लाई आग्रह गरेकी छन् ।

यसका साथै दृष्टि फाउन्डेसन नेपाल धनगढीकी सञ्चालक, सडक मानवकी सहारा कल्पना भट्टले सहयोग ग्रहण गर्दै अबका युवा पुस्ताले रचनात्मक काम गर्नु पर्ने र एक्सिस विद्याश्रम माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिइन् । विद्यार्थिहरुमा सामाजिक जिम्मेवारी र सचेतना विकास गर्न भूमिका खेल्ने विद्यालय प्रति पनि भट्टले आभार व्यक्त गरेकी छन् ।

एक्सिस विद्याश्रम मा.विमा अध्ययनरत विद्यार्थिहरु द्वारा दृष्टि फाउन्डेसनलाई कुर्सी प्रदान

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार