सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे २ राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे २ राज्यमन्त्री नियुक्त

धनगढी : कार्यकाल सकिने बेलामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोडारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए । उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको पद् भने रिक्त रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार