अविरल वर्षाका कारण कैलालीमा कहाँ के भयो ? (विस्तृत विवरण)

कैलालीमा नदी बस्तिमा पसेपछि
फाइल तस्बिर

धनगढी  : बिहिबार बिहान देखी परेको अबिरल बर्षाका कारण कैलालीका विभिन्न ठाउँमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न प्रहरी चौकीहरु बाट प्राप्त जानकारी अनुसार कैलालीका निम्न स्थानहरुमा बाढीले समस्या खडा गरेको छ ।

ईप्रका भजनी बाट प्राप्त जानकारी अनुसार ः कैलालीको भजनी क्षेत्रमा विभिन्न पसल तथा घरहरुमा बर्षादको पानी पसेको छ ।

मिति २०७९÷०५÷३० गते बिहान देखि परेको अबिरल बर्षाका कारण आज मिति २०७९÷०५÷३१ गतेको २०;०० बजेको समयमा जिल्ला कैलाली भजनी नगरपालिका वडा नं. १ भजनी बजार स्थित रहेका अन्दाजी २०÷२५ वटा पसल र रा.बा. बैंक भजनी शाखा रहेको घरमा बर्षादको पानी जम्मा भएको छ । यस्तै, सोही ठाउँको वडा नं. ३ पडरिया स्थित अन्दाजी २०÷२५ घर र ५÷७ वटा पसलमा बर्षादको पानी जम्मा भएको छ । भने उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको कमाण्डमा १० जनाको प्रहरी टोली खटी गएको छ । अहिले भजनी नगरपालीकाको जे.सि.बी. लगाएर पानी निकाश गर्ने कार्य भईरहेको छ । मानिविय, चौपाया क्षेति तथा विस्तावित केही नभएको जानकारी प्राप्त भएको छ ।

ईप्रका भजनीबाट प्राप्त जानकारी अनुसार भजनीमै घरको माथि रुख ढल्दा सम्स्याः
भजनी नगरपालीका १ मुक्त कमैयाँ सिबिर बस्ने हरी बुढाको कच्ची घर नजिकै रहेको सालको रुख निजको घरको पाली माथि ढल्न गई घरको पाली भत्केको र छेउमै रहेको टिकाराम चौधरीको कच्ची भान्सामा उक्त रुखको हाँगा खस्न गई उक्त भान्सा समेत भत्केको छ । भने मानविय, चौपाय क्षति केही नभएको र उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी हवल्दार दिपक लामाको कमाण्डमा प्रहरी टोली खटी गएको छ ।

ईप्रका रामपुर बाट प्राप्त जानकारी अनुसार ः कैलारी गाउपालिकाको रामपुरमा घरहरुमा बर्षादको पानी पसेको छ ।

कैलारी गाउपालिका वडा नं. ७ रामपुर र बसन्ता स्थित रहेका अन्दाजी ५०÷६० वटा घर बर्षादको पानी जम्मा भई घर भित्र पसेको उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर बाट प्र.स.नि.जनक ब.धानुकको कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गएको छ । भने मानिविय, चौपाया क्षेति तथा विस्तावित केही नभएको जनाईएको छ ।

टिकापुरमा रुखढल्दा बाख्रा मरेः
टिकापुर नगरपालिका वडा न. १ एकतानगर शिबिर बस्ने लक्ष्मी देबी थापाको टिनले छाएको कच्ची भाम्सा घर माथी साजको रुख ढली भान्सा घर आंशिक रुपमा क्षति भएको र भान्सा भित्र बाँधेका दुई वटा बाख्रा मध्य एउटा मरेको र एउटा घाईते भएको छ । अन्य मानविय क्षेति भने नभएको र उक्त स्थानमा प्र.स.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको छ ।

कैलालीको फल्टुडेमा रुख खसी बाटो अवरुद्धः
कैलालीकै चुरे गा.पा. ६ धक्रेनी स्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण २ वटा सल्लाको रुख खसी बाटो अवरोध भएको छ । उक्त जानकारी प्राप्त हुना साथ प्र.नि. धर्म सिंह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली खटीगई आधा घण्टा पछि रुखलाई साईडमा लगाई बाटो सुचारु समेत भई सकेको छ ।

जोशिपुरमा घरहरुमा बर्षादको पानी पसेको छ ।
जोशीपुर गा.पा. ४ स्थित पथरैया र घैला खोलाको पानिको बाहव बढ्न गई केरा बारीमा पस्न गाई अन्दाजी ७÷८ घर ढुवानमा परेको छ । भने उक्त जानकारी प्राप्त हुनासाथ प्र.ना.नि. चंख ब. कठायतको कमाण्डमा ३ जनाको टोली खटीगई उक्त घर धुरीका मानिसहरुलाई सुरिक्षित स्थानमा सारेको छ ।

भजनीका बस्तिमा पानी पसको छ ।

भजनी न.पा.८ स्थित रहेको पथरिया नदिको पानीको सतह बढन गई सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका अन्दाजी १५०देखी १६० घरधुरीमा पानी पसेको र नदिको बहाब बढने क्रम जारी रहेको छ । उक्त स्थानमा हाल सम्म मानविय, चौपाया क्षेति, विस्थापित कोही भएका छैनन् । भने त्यहाँ प्रहरी चौकी जनकपुर कैलालीबाट प्र.स.नि.कमल सिंह भण्डारीको कमाण्डमा टोली खटिगएको छ ।

त्यस्तै, भजनीकै वडा नम्बर–५ स्थित रहेको कान्द्रा नदिको पानीको सतह बढन गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका अ.२०० देखी २५० घर धुरीमा पानी पसेको नदिको बहाब बढने क्रम जारी, हाल सम्म मानविय, चौपाया क्षेति, विस्थापित कोही नभएको जानकारी प्राप्त भएको छ । भने उक्त स्थानमा ईप्रका पृथ्वीपुरबाट प्र.ना.नि.चरण सिंह बुढथापाको कमाण्डमा टोली खटिगएको छ ।

यस्तै, भजनी न.पा.५ स्थित रहेको कान्द्रा नदिको पानीको सतह बढन गई कुटी गाँउ, ७ नं वडाको शिबिर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका अन्दाजी २०० देखी २५० घरधुरीमा पानी पसेको नदिको बहाब बढने क्रम जारीरहेको छ । हाल सम्म मानविय, चौपाया क्षेति, विस्थापित कोही भएका छैनन् ।

फल्टुडेमा पहिरो गई अबरुद्ध भएको भिमदत्त राजमार्ग खुलाउने पहल जारी
चुरे गा.पा. ६ बालकोट स्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण माथि बाट पहिरो खस्न गई बाटो अवरोध भएको भन्ने यस कार्यालयमा जानकारी प्राप्त हुना साथ यस कार्यालय बाट प्र.नि. धर्म सिंह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली खटीगएको र सानो ठुलो गरी ९÷१० वटा गाडी जाममा रहेको अवस्थामा वडा न. ५,६ स्थित भिमदत्त राजमार्गको अन्य ४(५ स्थानमा पनि सा–साना पहिरो गई सडक अबरोध भएको बाटो खुलाउने पहल भईरहेको छ ।

जानकी गाँउपालीकामा घर डुवान
जानकी गाँउपालीका वडा न. ४ मुनुवा,बेलपुर, गिरधरपुरमा ६४ घरमा र वडा न. ७ फरेलामा १६ घर गरी जम्मा ८० घर आंशीक डुवानमा परेको मानबिय तथा चौपाय क्षेति केही भएको छैन् । त्यहाँका .६० देखी ७० को सँख्यामा रहेका स्थानीय मानिस हरु सामुदायीक उच्च भवनमा बसेका छन् । अन्य आफन्त तथा छिमेकिको घरमा सुरक्षित बसेका छन् । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट तोरैयापुर कैलाली बाट प्र.स.नि. सुरत बहादुर बोहराको कमाण्डमा ५ जनाको टोली खटिगएको छ ।

लम्कीमा घर भित्र पानि पस्दा क्षतीः

लम्कीचुहा न.पा.–९ बनबर्षा, सोहनपुर र धनजया भन्ने ठाँउमा यहाँ स्थित रहेको पथरैया नदिको पानि अन्दाजी १० देखी १२ वटा घरमा पसेको भन्ने खबर प्राप्त हुनासाथउक्त स्थानमा प्रहरी चौकि प्रतापपुर बाट प्र.स.नि. लाल बहादुर ठकुल्लाको कमाण्डमा टोली खटि गएको छ ।
उक्त पानी घर भित्र पस्दा निम्न ब्यक्तिको निम्न क्षति भएको छ ।
१. ऐ.ऐ. बनबर्षा बस्ने दिपेश थारुको २५० वटा ब्रोइलर कुखरा मरेको ।
२. ऐ.ऐ. बस्ने बिर ब. थारुको १ वटा सुगुर मरेको ।
३. ऐ.न.पा.वडा न. ७ खरौला र बाहुनपुर गरि ९० देखी ९५ घर धुरिमा पानि पसेको मानविय चौपाया क्षति नभएको भन्ने बुझिन आएको छ ।

हसुलियामा घर डुवान ः
कैलारी गाँउपालीका वडा न.८ खल्ला टोल, खैरी टोल, कुटि टोल, र वडा नं ५ बन्द्रगौरी मा अन्दाजी ११० देखी ११५ घर धुरीमा पानी पसी डुवानमा परेको भनी टेलीफोन मार्फत जानकारी आउना साथ उक्त स्थानमा प्र.स.नि.देब ब. चन्द को कमाण्डमा ४ जनाको टोली खटि गएको छ । त्यहा कुनै मानबिय तथा चौपाय क्षेति केही नभएको र मानिस हरुलाई सुरक्षित स्थान लैजाने पहल भइरहेको छ ।

हसुलियामा झुलुङगे पुलको पिल्लर बगको छ ।
कैलारी गाँउपालीका वडा न.३ खोनपुर स्थित मोहना नदिमा नयाँ निर्माणाधिन अवस्थामा रहेको झुलुङगेको पुलको पिल्लरहरु मोहना नदिले कटान गरी बगाएको छ । उक्त स्थानमा यस का बाट प्र.ब.ना.नि.राम सिँह बोहरा को कमाण्डमा ४ जनाको टोली खटि गएको छ ।

धनगढी १३ श्रीलंका टोलमा घरमा पनी पसेको छ

धनगढी उप–महानगरपालीका १३ श्रीलंका टोल स्थित मोहना नदीमा पानीको बाहाब बढ्न गई मोहना नदीको छेउ छाउमा रहेका अन्दाजी १३(१४ घर धुरीमा पानी पसी डुवान भएको छ । त्यहाँ मानविय चौपाय क्षेती नभएको मानिसहरु सुरक्षित स्थानमा बसेको खबर प्राप्त भएको छ । उक्त स्थानमा प्र.स.नि.उद्वव राज जोशीको कमाण्डमा ४ जनाको टोली खटि गएको छ ।

मालाखेतीमा पक्की घर डुवानमाः
कैलाली गोदावरी न.पा. ०३ मालाखेती बस्ने भिम भट्टराईको एक तले पक्की घर डुबानमा परी जोखिममा रहेको छ । मानविय तथा चौपाया क्षति भएको छैन । उक्त स्थानमा प्र.ब.ह. दल ब. चंदाराको कमाण्डमा ३ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल बाहिनी अत्तरिया बाट स.प्र.स.नि. को कमाण्डमा १५ जनाको टोली खटि गई, उक्त घरमा रहेका सम्पुर्ण ब्याक्ति तथा चौपायाको सकुशल उद्दार गरि आफन्त सोही ठाउँ बस्ने पुष्कर भट्टराईको घरमा सारिएको छ ।

टिकापुर २ मा मानिस घाईते भएका छन् ।
टिकापुर नगरपालीका वडा नं.२ बिजयनगर बस्ने बर्ष २२ को शिसिर चौधरीको कच्ची घर भत्कन गई निजको टाउको र छातीमा सामान्य चोट लागेको र उपचारको लागी आफन्तले टिकापुर अस्पतालमा ल्याएको अबस्था सामान्य रहेको भनि टिकापुर अस्पतालमा खटिएका प्र.ह. राम सिंह धामीले जानकारी दिए । उक्त स्थान ईलाका प्रहरी कार्यालय टिकापुरदेखि १ कि.मि. उत्तरपर्ने घाईते ऐ. १०ः०० बजेको समयमा कोहलपुर बाँके रेफर गरिएको छ ।

जोशीपुर ३ मा घर डुवानमा
जोशीपुर गा.पा.३ स्थित पर्ने काँडा नदिमा पानीको बहाब बढन गई भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरिया, भगरैया लगायतका गाँउमा नदिको पानी पस्न गई अ.२५० देखी ३०० घर धुरी डुवानमा रहेको छ । सोही ठाउँको वडा नं. ४ स्थित पथरैया नदिले झपही, खैरेनी टोलका अन्दाजी ८० देखी ९० घर धुरीमा पानी पसेको छ । उक्त स्थानमा प्र.ना.नि.चंख ब.कठायतको कमाण्डमा टोली खटिगएको छ । भने मानबिय र चौपाया क्षति भएको छैन ।

ई.प्र.का.फल्टुडे कैलालीबाट प्राप्त जानकारी अनुसार

चुरे गा.पा. ३ सहजपुर भुल गाँउ बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको एक तले ३ कोठे ईलेक्ट्रोनिक पसलमा माथिबाट पहिरो आई पसल पुर्ण रुपमा क्षेती भएको छ । सोही पसलमा सुतिरेहको अवस्थामा पसल धनीको छोरा बर्ष ८ को आयुष सापकोटाको टाउकोमा चोट लाग्न गई घाईते भई उपचारको लागी स्थानिय स्वास्थ्य चौकीमा उपचार भई रहेको छ । उक्त स्थानमा प्र.ह.शंकर जोशीको कमाण्डमा ३ जनाको टोली खटिगएको छ ।

प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट प्राप्त जानकारी अनुसार
धनगढी उ.म.न.पा.१३ झलारी बस्ने बिस राम चौधरीको छोरी बर्ष १९-२० की नबिना चौधरी माछा मार्ने क्रममा झलारी नाला डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.कैलालीगाँउ कैलालीबाट प्र.स.नि.उद्वबराज जोशी र व.प्र.का.धनगढी कैलालीबाट प्र.नि.उपेन्द्र वमको कमाण्डमा टोली खटिगएको टोलीले खोज तलास गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार