SKIP THIS

S.P.A  Collage

बझाङको जयपृथ्वी नगरपालिका द्वारा डोजर खरिद, विकास निर्माणमा सहयोग पुग्ने नगरप्रमुख बजालको भनाई

बझाङको जयपृथ्वी नगरपालिका द्वारा डोजर खरिद, विकास निर्माणमा सहयोग पुग्ने नगरप्रमुख बजालको भनाई

बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले नया (जेसिवी सेसिन)डोजर खरिद गरेको छ । नगरपालिका भित्रका क्षेत्रमा विकास निर्माण तथा सडकमा काम गर्न सहज होस भन्नका लागि डोजर खरिद गरेर नगरपालिका पुगाईएको हो ।

मेसिन खरिद पछी अव नगरपालिका भित्रका अवरुद्द सडक खुलाउन तथा नया सडक निर्माणका लागि सजिलो हुने जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले वताउनु भयो ।

उहाले भन्नुभयो -“यस भन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि महॅगो भाडा तिरेर अरुका मेसिन भाडामा लिएर काम गर्नु पर्ने वाध्यता थियो । जसका कारण लागत वढ्न गै खर्च बढी हुने गरेको थियो । अव नगरपालिकाले मेसिन खरिद गरेर ल्यायपछी विकास निर्माणका काममा कम खर्चमा काम गर्न सजिलो हुन्छ “, उहाको भनाई थियो ।

बजालका अनुसार अव केहि दिनमा वर्षाका कारण अवरुद्द बनेका नगरपालिका भित्रका सडक खुलाउनको लागि मेसिनले काम सुरु गर्ने छ ।

नगरपालिकाले गत साउनमा कार्यपालिकाको वैठकवाट डोजर किन्ने निर्णय गरेपछी तुरुन्तै कार्यान्वयनमा ल्यायर खरिद गरिएको नगरपालिकाले जनाएको छ । यस भन्दा अगाढी नगरपालिकाको आफ्नै मेसिन नहुदा अवरुद्ध भयका सडक खुलाउन अन्य व्यक्तिका मेसिन पर्खदा ढिलाई हुने गरेको थियो । नगरपालिका सॅग आफ्नै मेसिन भयपछी अव विकास निर्माणका कामले गति लिने स्थानियले विश्वास लिएको स्थानियको भनाई उदृद गर्दै सहकर्मी नरेन्द्र उपाध्यायले वताउनु भयो ।

यस्तै नगरपालिकामा कृषि एम्वुलेन्स सॅचालनको लागि पनि प्रकृया छिटै अगाढी वढाईने भयको छ । कृषि एम्वुलेन्स सॅचालन गर्न सके नगरपालिका भित्र रहेका कृषकहरुका कृषि उपजहरु बजार सम्म सहजै विना शुल्क पुगाउन सकिने र त्यसले गर्दा कृषि उपजहरुको बजारीकरण गर्न सघाउ पुग्ने नगर प्रमुख वजालको भनाई छ ।

त्यस्तै यसै आर्थिक वर्षमा स्रोतको खोजी गरेर नगर वस सॅचालनको लागि पनि पहल थालिने नगर पालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार