बैतडीको पुर्चौडीका १४९ उम्मेदवार कारबाहीको लिस्टमा, निर्वाचित मात्रै ३८ जना

पुर्चौडी नगरपालिका,बैतडी

धनगढी : बैतडीको पुचौंडी नगरपालिकाका १४९ उम्मेदवार कारबाहीमा परेका छन् । यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गरेको खर्च विवरण समयमै नबुझाएका कारण उनीहरूलाई निर्वाचन आयोगले जरिवाना गरेको हो ।

चुनावको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। जरिवाना तिर्नु पर्नेमा ढिला गरी खर्च विवरण बुझाएको र अहिलेसम्म पनि नबुझाएका दुई प्रमुख र उप-प्रमुखका उम्मेदवर रहेका छन्। भने बाँकी वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेदवार रहेका छन् ।

खर्च विवरण नबुझाएकाहरू मध्ये प्रमुख र उप-प्रमुखका पदका उम्मेदवारलाई ४ लाख ५० हजार र वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा चुनाव लडेकाहरूलाई दुई लाख जरिबाना तोकेको छ।

ती मध्येबाट ३८ जना निर्वाचित उम्मेदवार समेत परेका छन् । निर्वाचित/विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद जाने कानुनी व्यवस्था छ। भने पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ ।

निर्वाचन आयोग निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ।

चुनाव लडेर खर्च विवरण नबुझाउँदा कारबाहीमा परेका उम्मेदवार निम्न रहेका छन् ।

प्रशासनिक दण्ड जरिमाना सम्बन्धमा

कसलाई कति जरिवाना ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार