SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीको नवजीवन अस्पतालले दसैँ, तिहार पछि पिसिएल नर्सिङ अध्यापन गराउने (भिडियो सहित)

धनगढीको नवजीवन अस्पतालले यस वर्षबाट ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ अध्यापन गराउने भएको छ ।

धनगढी : धनगढीको नवजीवन अस्पतालले यस वर्षबाट ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ अध्यापन गराउने भएको छ । अस्पतालले शुक्रवार पत्रकारहरू सँगको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै दसैँ तिहारको बिदा सकिए लगत्तै पिसिएल नर्सिङ अध्यापन गराउन अनुमति पाएको जानकारी दिएको हो ।

यस अस्पतालले अस्पतालजन्य सेवाका अलावा विभिन्न शैक्षिक कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । सोही अन्तरगत अस्पतालले यस वर्षबाट ४० जना विद्यार्थीहरूलाई पि.सि.एल नर्सिङ अध्यापन गराउन सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगबाट उक्त अनुमति प्राप्त गरेको नवजीवन अस्पतालका प्रबन्ध निर्देशक यज्ञराज ढुङ्गानाले जानकारी दिए ।

२०६२ साल फाल्गुण ११ गते देखी १५ शैयाको अस्पतालकी स्वीकृति लिई सेवा प्रदान गर्दै आएको नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको निजी स्तरको लगानी बाट सञ्चालित पहिलो निजी अस्पताल हो । भने यो अस्पताल निजी लगानीमा सञ्चालन भएको अस्पताल भएता पनि यस अस्पतालले सामाजिक उत्तरदायित्व अनुरूप आफ्नै पहलमा र नेपाल सरकार सँगको सहकार्यमा ठुला र साना गरी स्थापना काल देखी नै ठुलो सङ्ख्यामा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको अस्पतालका सिइओ चक्र खडायतले बताए ।

यस्तै, अस्पतालले नेपाल सरकार सँग हातेमालो गर्दा आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको बिरामीको निःशुल्क औषधी वितरण कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा गर्दै आएको छ ।

२०६८ शाल देखी स्वास्थ्य सेवा विभाग काठमाडौँ बाट ५० शैयाको सञ्चालन स्वीकृति लिई सञ्चालनमा रहेको अस्पतालले यो आर्थिक वर्षबाट १०० शैयामा स्तरोन्नति गरेको छ । भने अस्पतालले विगतका दिनमा कोभिड सङ्क्रमणका बेला नेपाल सरकार सँग हातेमालो गर्दै आफ्नो श्रोत र साधनले भ्याए सम्म कोरोना महामारी नियन्त्रणमा भरमग्दुर प्रयास गरेको गरेको र त्यस समयमा टड्कारो रूपमा देखा परेको अक्सिजन अभावको समस्यालाई हृदयंगम गर्दै यस अस्पतालले आफ्नै लगानीमा अस्पताल प्राङ्गणमा अक्सिजन प्लान्ट समेत स्थापना गरिसकेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।

यस अस्पतालबाट प्रदान गर्दै आएका सेवाहरु

  • बरिष्ठ हाड जोनिं तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन
  • वरिष्ठ प्रसुती तथा महिला रोग विशेषज्ञ प्रत्येक दिन
  • बरिष्ठ बालरोग विशेषज्ञ प्रत्येक दिन
  • वरिष्ठ जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन प्रत्येक दिन
  • बरिष्ठ मानसिक तथा स्नायुरोग विशेषज्ञ प्रत्येक दिने
  • वरिष्ठ पेट, छाती तथा मुटुरोग विषेज्ञ प्रत्येक दिन
  • वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा प्रत्येक दिन
  • वरिष्ठ मुटुरोग विशेषज्ञ (डि. एम. कार्डियोलोजी) प्रत्येक दिन
  • वरिष्ठ नेफोलोजि (डाइलासिस विशेषज्ञ) हरेक शुक्रबार र शनिवार
  • बरिष्ठ छाला (चर्मरोग), एजली, यौन (गुप्तरोग) तथा सौन्दर्य विशेषज्ञ प्रत्येक दिन
  • बरिष्ठ नाक, कान तथा घाटी रोग विशेषज्ञ प्रत्येक दिन
  • वरिष्ठ युरो सर्जन तथा Mini PCNL विशेषज्ञ
  • वरिष्ठ फिजियोथेरापिष्ट प्रत्येक दिन
  • रंगिन भिडियो X-Ray सेवा प्रत्येक दिन लगायत ICU, NICU,
  • Dylasis स्वास्थ्य विमा सेवा प्रत्येक दिन२४ सै घण्टा उपलब्ध रहेको जानकारी गराउदछौं । साथै ईमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।

नेपाल सरकारद्वारा संचालीत कार्यक्रमहरु:

  • आमा सुरक्षा कार्यक्रमः
  • स्वास्थ्य विमा कार्यक्रम
  • क्षयरोग औषधी वितरण
  • नि शुल्क खोप कार्यक्रम

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार