आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

शिक्षाको रूपान्तरण शिक्षकहरूले सुरु गर्दछन् भन्ने नाराका साथ आज विश्वभरि नै बिश्व शिक्षक दिवस मनाइदै छ । ‘The Transformation of education begins with teachers’ हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो ।

आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ ।

एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए ।

‘क’ बाट कछुवा देखि ‘ज्ञ’ बाट ज्ञानीसम्म सिकाए । ‘A’ फर Apple बाट ‘Z’ फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार