कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा स्थापना

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीबार स्वास्थ्य तालिम केन्द्र धनगढीमा एक कार्यक्रमको आयोजना गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना संगै आजै क्षेत्र नम्बर ४ को कार्यालय स्थापना भएपछि ५ वटै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् ।

बिहिबार एक कार्यक्रमका बिच निर्वाचन आयुक्त डा।जानकी तुलाधरले कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै आयुक्त तुलाधरले निर्वाचन लाई मर्यादित, निस्पक्ष र भयरहित वातावरण सम्पन गर्न सवै निकाय जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिएकी हुन् । उनले स्थानिय तहको निर्वाचनमा कैलालीमा ७० प्रतिशत भन्दा बढी मत खसेको हुदाँ अब त्यो भन्दा बढी जनताको सहभागिता गराउँन सवैले मेहनत गनुपर्ने धारणा राखिन । उनले जिर्वाचनमा जनसहभागिता संगै निस्पक्ष, भयरहित र मर्यादित बनाउन आवश्यक रहेको बताईन । उनले निर्वाचनमा ३ गते सम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्ने पाउँने पनि जानकारी दिईन ।

मंसिर ४ गते हुने निर्वाचनका लागी राज्यका सवै निकाय जिम्मेवारपुर्ण रुपले लागेका कारण कैलालीमा हुने निर्वाचन स्वच्छ र निस्पक्ष रुपम सम्पन हुने विश्वास कैलालीमा मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले बताए । कैलालालीमा स्थानिय तहको निर्वाचन सहज वातावरणमा सम्पन्न भएझैँ यो निर्वाचनपनि स्वच्छ तरिकाले सम्पन्न गर्ने उनको दावी छ । स्थानिय तह भन्दा केही प्रतिशत भएपनि राम्रो तरिकाले प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने उनको भनाई छ ।

कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी ५ लाख ३५ हजार ५ सय १४ मतदाताले सहभागिता जनाउँने छन् । कैलालीका ५ निर्वाचन क्षेत्रका लागी २ सय ३७ मतदानस्थल र ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै निर्वाचन लक्षित कार्यक्रम निरन्तर अघी बढ्ने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै राजनितिक दलहरुलाई आचारसहिता बारे जानकारी दिने, मतदान अधिकृत छनौट, तालिम, मतदान तथा मतगणतामा सहभागी कर्मचारीहरुलाई तालिम दिने लगायतका काम निर्वाचन आयोगले थाल्ने बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार