काठमाडौँ ५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै हेमराजले भने, ‘तपाईँहरूको आशीर्वादको आवश्यकता छ’

नेकपा एमाले नेता ईश्वर पोखरेल सँग पर्ने छ टक्कर

युवा प्रखर वक्ता हेमराज थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढी : युवा प्रखर वक्ता हेमराज थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आज (आइतबार) दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हेमराज सँगै प्रदेश सभा सदस्य (क) बाट मोहन बिस्ट र प्रदेश सभा सदस्य (ख) का लागी कृष्ण तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता पश्चात् हेमराजले चुनाव चिन्ह २६ गते पाउने बताउँदै अब काठमाडौँ ५का नागरिकको तथा नेपाल राष्ट्रलाई माया गर्ने सबै जनताको सुझाव , साथ, सहयोग र आशीर्वादको आवश्यकता रहेको बताएका छन् ।

हेमराज थापाकै प्रतिस्पर्धामा नेकपा एमालेका ईश्वर पोखरेल, सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रदीप पौडेल र विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शनासहित दर्जन भन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार